सिन्धुलीको बीपी राजमार्गमा जिप दुर्घटना, काभ्रेका ८ जना घाइते

सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।
प्रहरीका अनुसार बुधबार बिहान करिब साढे ८ बजे काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको बा.प्र.०१–०३१ च ९७४९ नम्बरको स्कार्पियो जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको थियो।
दुर्घटनामा घाइते भएका सबै जना काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–१ का बासिन्दा हुन्।
प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


