१८ असोज २०८३ English
English

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित, १७० घर पूर्ण रूपमा क्षतिग्रस्त

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित, १७० घर पूर्ण रूपमा क्षतिग्रस्त
तस्बिर: थाहाखबर

पर्वत जिल्लामा बाढीपहिरोका कारण तीन सय परिवार विस्थापित भएका छन्।

जिल्लाभर १७० घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने १३१ घरमा आंशिक क्षति पुगेको छ। यसअनुसार बाढीपहिरोबाट जिल्लामा कुल ३०१ घर प्रभावित भएका छन्।

क्षतिको यो विवरण जिल्ला प्रशासन कार्यालय पर्वतले सार्वजनिक गरेको हो। प्रशासनका अनुसार जिल्लाका विभिन्न पालिकामा बाढीपहिरोले क्षति पुर्‍याएको छ।

पछिल्ला दिनमा परेको वर्षापछि आएको बाढीपहिरोले गण्डकी प्रदेशका पर्वत, म्याग्दी र बागलुङलगायत जिल्लामा घर, सडक तथा पूर्वाधारमा क्षति पुर्‍याएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १८ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 18 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार