धौलीगङ्गा बाँधका ढोका खोलिने, महाकालीमा जलस्तर बढ्न सक्ने भएकाले ४८ घण्टा सतर्क रहन आग्रह

महाकाली नदीमा आज रातिदेखि जलस्तर बढ्न सक्ने भएकाले नदी किनारका बासिन्दालाई ४८ घण्टासम्म सतर्क रहन आग्रह गरिएको छ। धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका खोलिने भएकाले नदीमा पानी बढ्न सक्ने हो।
धौलीगङ्गा जलविद्युत् परियोजना भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढमा छ। बाँधमा जमेको सिल्ट सफा गर्न परियोजनाले ४८ घण्टाका लागि ढोका खोल्न लागेको हो।
यो बाँधका ढोका फेरि खोल्न लागिएको हो। ढोका खुलेपछि तल्लो तटीय क्षेत्रमा महाकाली नदीको बहाव बढ्ने सम्भावना छ।
त्यसैले नदी किनार नजिक बस्ने र नदी वारपार गर्नेहरूलाई यो अवधिभर विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

