२२ कात्तिक २०८३ English
English

नवलपुरको देवचुलीमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार प्रहरी जवानको मृत्यु

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नवलपुरको देवचुलीमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार प्रहरी जवानको मृत्यु
तस्बिर: नेपाल प्रेस

पूर्वपश्चिम राजमार्गमा पर्ने नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को देवचुलीमा ट्र्याक्टरको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ। प्रहरी जवान चढेको मोटरसाइकल चलिरहेकै बेला ट्र्याक्टरले ठक्कर दिएको थियो।

बा.प्र.०२ नम्बरको मोटरसाइकल नारायणघाटबाट कावासोतीतर्फ, अर्थात् पूर्वबाट पश्चिमतर्फ, जाँदै थियो। देवचुली पुग्दा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिएको हो।

मृत्यु हुने प्रहरी जवान भैंसेपाटीको मन्त्री क्वार्टरमा काम गर्थे।

दुर्घटना कसरी भयो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २२ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 22 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार