आठ वर्षमा नेपाललाई ३ अर्ब १९ करोड डलर जलवायु वित्त, अनुदानभन्दा ऋण दोब्बरभन्दा बढी

पेरिस सम्झौतापछिको आठ वर्षमा नेपालले करिब ३ अर्ब १९ करोड अमेरिकी डलर अन्तर्राष्ट्रिय जलवायु वित्त प्राप्त गरेको छ। तर, यो रकममा अनुदानको तुलनामा ऋणको हिस्सा दोब्बरभन्दा बढी रहेको एक अध्ययनले देखाएको छ।
अध्ययनअनुसार नेपालले पाएको जलवायु वित्तमध्ये ६३ प्रतिशत सहुलियतपूर्ण ऋण छ। अनुदानको हिस्सा भने ३० प्रतिशत मात्रै छ।
जलवायु परिवर्तनमा न्यून योगदान भएका देशले पनि जलवायु सहायता अनुदानको सट्टा प्रायः ऋणका रूपमा पाइरहेको यस तथ्याङ्कले देखाउँछ। अध्ययनले यो रकम पेरिस सम्झौतापछिका आठ वर्षको अवधिलाई समेटेको छ।
टर्कीको अन्ताल्यामा हुने कोप–३१ सम्मेलनको तयारी भइरहेका बेला यो तथ्याङ्क सार्वजनिक भएको हो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


