भोटेकोशी बाढीको खोज तथा उद्धारमा खटिएको ‘लियो’ प्रहरीको सर्वोत्कृष्ट कुकुर

गत भदौमा आएको भोटेकोशी बाढीमा खोज तथा उद्धारमा खटिएको नेपाल प्रहरीको कुकुर ‘लियो’ यस वर्षको सर्वोत्कृष्ट केनाइन घोषित भएको छ। नेपाल प्रहरीले लियोलाई ‘सर्वोत्कृष्ट प्रहरी कुकुर’ को उपाधि दिएको हो।
महाराजगञ्जस्थित नेपाल प्रहरीको केनाइन कार्यालयमा कुकुर तिहारका अवसरमा आयोजित कार्यक्रममा लियोलाई सर्वोत्कृष्ट घोषणा गरिएको हो। ६ वर्षीय लियो विनाशकारी बाढीपछि रसुवा र नुवाकोटमा खोज तथा उद्धारमा सबैभन्दा धेरै खटिएको थियो।
यमपञ्चकअन्तर्गत आइतबार मनाइएको कुकुर तिहारका अवसरमा नेपाल प्रहरीले सुरक्षामा खटिने तालिमप्राप्त कुकुरको विशेष पूजा पनि गरेको छ। कार्यक्रममा प्रहरीका तालिमप्राप्त कुकुरले विभिन्न सीप प्रदर्शन गरेका थिए।
हराएका मानिसको खोजीमा प्रहरीका कुकुर कसरी खटिन्छन् र अपराध गरेर फरार भएका व्यक्तिको अनुसन्धानमा उनीहरूले कसरी सहयोग गर्छन् भन्ने विषयको डेमो प्रस्तुत गरिएको थियो। प्रहरीका कुकुर अपराध अनुसन्धानदेखि विपद् व्यवस्थापनसम्ममा खटिने गरेका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


