२२ कात्तिक २०८३ English
English

काठमाडौँ महानगरले तोकेका ३३ स्थानमा स्वदेशी फूलको बिक्री सुरु

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
काठमाडौँ महानगरले तोकेका ३३ स्थानमा स्वदेशी फूलको बिक्री सुरु
तस्बिर: रातोपाटी

काठमाडौँ महानगरपालिकाले तोकेका ३३ स्थानमा स्वदेशी फूलको बिक्री सुरु भएको छ। महानगरको वातावरण व्यवस्थापन विभागले तोकेका स्थानमा फूल र माला बेच्न थालिएको हो।

नेपाली किसानले उत्पादन गरेका फूल र मालाले उचित बजार पाऊन् र सर्वसाधारणलाई किन्न सजिलो होस् भन्ने उद्देश्यले महानगरले वातावरण विभागसँग समन्वय गरेर किनबेचस्थल तोकेको हो। महानगरले प्लास्टिकका फूलमालाको बिक्रीमा रोक लगाएपछि यी स्थान तोकिएका हुन्।

फूल बिक्री सुरु भएसँगै तोकिएका ठाउँमा बिहानैदेखि व्यापारी र उपभोक्ताको भीड देखिएको छ। महानगरका विभिन्न क्षेत्रमा फूल किन्ने र बेच्नेको चहलपहल बढेको छ।

यसैबीच काठमाडौँ महानगरपालिकाले प्लास्टिकजन्य ३३६ थान माला र १४० पुष्पगुच्छा जफत गरेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २२ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 22 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार