लक्ष्मीपूजाको साँझ बिजुलीको माग १ हजार ७०० मेगावाट पुग्ने अनुमान

नेपाल विद्युत् प्राधिकरणले तिहारको लक्ष्मीपूजाका अवसरमा आज साँझ विद्युत्को अधिकतम माग (पिक डिमान्ड) करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरेको छ।
उज्यालोको पर्व तिहारमा सबैभन्दा बढी बिजुली खपत हुने दिन लक्ष्मीपूजा हो। यस दिन मुलुकभर घर, पसल र सडकमा बत्ती बाल्ने चलन भएकाले साँझको समयमा बिजुलीको माग उच्च हुने गर्छ।
प्राधिकरणका अनुसार यस वर्ष लक्ष्मीपूजाको साँझ हुने अधिकतम माग आन्तरिक उत्पादनले नै धान्नेछ। उच्च मागका बेला आपूर्ति सहज बनाउन प्राधिकरणले व्यवस्थापनको तयारी गरेको जनाएको छ।
काठमाडौं उपत्यकासहित देशका मुख्य सहर बजार तिहारका अवसरमा झिलिमिली बत्तीले सजिएका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


