दैलेखमा हँसिया प्रहारबाट एकै परिवारका चार जना घाइते

पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–४, धनकोटमा धारिलो हतियार हँसिया प्रहारबाट एकै परिवारका चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार घटना आइतबार बिहान करिब ५ बजे भएको हो।
घाइते हुने सबै महिला रहेको इमेजखबर र नागरिकले जनाएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अर्की एक जनाका दुवै हत्केलामा चोट लागेको उनीहरूले उल्लेख गरेका छन्। नेपाल प्रेसले भने दुई जनाको अवस्था गम्भीर रहेको जनाएको छ।
थाहाखबरका अनुसार ठाटीकाँध गाउँपालिका–४ का ४० वर्षीय बमबहादुर रावलले हँसिया प्रहार गरेका हुन्। थाहाखबरले घटनामा एक महिलाको मृत्यु भएको र चार जना घाइते भएको जनाएको छ।
घटनाबारे प्रहरीले थप विवरण सार्वजनिक गर्न बाँकी छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


