१४ असोज २०८३ English
English

कांग्रेस मोरङ–६ को क्षेत्रीय अधिवेशनमा झडप, नेता–कार्यकर्ता घाइते

· १ मिनेट पढाइ
कांग्रेस मोरङ–६ को क्षेत्रीय अधिवेशनमा झडप, नेता–कार्यकर्ता घाइते
तस्बिर: क्लिकमाण्डू

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनका क्रममा बुधबार झडप भएको छ। सुन्दरहरैँचा–४ स्थित सिक्देल बन्धु समन्वय प्रतिष्ठानमा अधिवेशनका लागि मनोनयनको क्रममा झडप भएको हो।

क्रियाशील सदस्यताको विषयलाई लिएर संस्थापन र इतर समूहका कार्यकर्ताबीच विवाद हुँदा झडप भएको थियो। झडपमा पूर्वप्रदेश सांसद चुमनारायण तबदार तथा क्षेत्रीय सभापतिका उम्मेदवारसहितका नेता–कार्यकर्ता घाइते भएका छन्। घाइतेको सङ्ख्या तीनदेखि चार जना रहेको सञ्चारमाध्यमहरूले जनाएका छन्।

झडपपछि क्षेत्रीय अधिवेशन नै अन्योलमा परेको छ।

कांग्रेसकी सहमहामन्त्री डा. डीला संग्रौलाले अधिवेशनका क्रममा आफ्ना कार्यकर्तामाथि भएको आक्रमणको भर्त्सना गर्दै दोषीमाथि कारबाहीको माग गरेकी छन्। उनले मादक पदार्थ सेवन गरेका कार्यकर्ताले कुटपिट गरेको आरोप लगाएकी छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १४ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 14 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार