२४ असोज २०८३ English
English

सुर्खेतका तीन जंगलबाट जंगलमा लुकाइएका १८ नाल भरुवा बन्दुक बरामद

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सुर्खेतका तीन जंगलबाट जंगलमा लुकाइएका १८ नाल भरुवा बन्दुक बरामद
तस्बिर: नागरिक

सुर्खेत प्रहरीले जंगलमा लुकाएर राखिएका १८ नाल भरुवा बन्दुक बरामद गरेको छ। प्रहरीले एकै दिन दुई स्थानीय तहका तीन छुट्टाछुट्टै जंगलबाट ती बन्दुक फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिंह बोहोराका अनुसार शुक्रबार पश्चिम सुर्खेतको चौकुनेलगायतका क्षेत्रका जंगलबाट बन्दुक बरामद गरिएको हो।

प्रहरीका अनुसार चौकुने गाउँपालिका–७ स्थित सान्नेघारी जंगलबाट मात्रै पाँच नाल बन्दुक फेला परेका छन्। बाँकी बन्दुक अन्य दुई जंगलबाट बरामद गरिएको हो।

बन्दुक बरामद गरेपछि प्रहरीले यस विषयमा अनुसन्धान थालेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २४ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 24 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार