२३ असोज २०८३ English
English

शिक्षकलाई सवारी किन्न ब्याज सहुलियत, मावि प्रथम श्रेणीलाई ५० लाखसम्मको प्रस्ताव

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
शिक्षकलाई सवारी किन्न ब्याज सहुलियत, मावि प्रथम श्रेणीलाई ५० लाखसम्मको प्रस्ताव
तस्बिर: बिजमाण्डू

सरकारले शिक्षकलाई सवारी साधन खरिद गर्न बैंकबाट लिइने ऋणको किस्तागत ब्याजमा सहुलियत दिने प्रस्ताव गरेको छ। यस्तो व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको हो।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु. ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले रु. ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्। सवारी साधन खरिदका लागि लिइने ऋणको ब्याज सरकारले तिरिदिने गरी सहुलियतको प्रस्ताव गरिएको हो।

नियमावलीको संशोधन प्रस्ताव अर्थ मन्त्रालयको सहमतिपछि मात्र अघि बढ्नेछ। अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएपछि यो व्यवस्था लागू गर्ने प्रक्रिया अघि बढ्ने छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २३ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 23 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार