धनगढीमा चेकिङमा बसेका तीन प्रहरीलाई मोटरसाइकलले ठक्कर दियो, एक जना आईसीयूमा

धनगढीमा बुधबार साँझ संयुक्त चेकजाँचका क्रममा मोटरसाइकलले ठक्कर दिँदा तीन जना प्रहरी घाइते भएका छन्।
घाइतेमध्ये प्रहरी हवलदार उज्जवल सिंह साउद पनि रहेका छन्। घाइते तीनै जना प्रहरी सुदूरपश्चिम प्रदेश प्रहरी गणमा कार्यरत छन्।
घाइते तीनै जनाको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये एक जना प्रहरीलाई सघन उपचार कक्ष (आईसीयू) मा राखिएको छ।
प्रहरीले सवारी साधनको चेकजाँच गरिरहेका बेला मोटरसाइकलले ठक्कर दिएको हो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

