४ कात्तिक २०८३ English
English

भक्तपुरको तलेजुमा जीवित देवी एकान्त कुमारीको हातबाट सर्वसाधारणले लगाए दसैँको टीका

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
भक्तपुरको तलेजुमा जीवित देवी एकान्त कुमारीको हातबाट सर्वसाधारणले लगाए दसैँको टीका
तस्बिर: थाहाखबर

विजया दशमीको दिन बुधबार भक्तपुरको तलेजुमा जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय सर्वसाधारणले टीका, जमरा तथा प्रसाद ग्रहण गरेका छन्।

विजया दशमीको अवसरमा भक्तपुरको तलेजुमा जीवित देवीका रूपमा पुजिने कुमारीको हातबाट टीका लगाउन स्थानीयहरू त्यहाँ पुगेका थिए। मान्यजनको हातबाट जस्तै जीवित देवीको हातबाट पनि टीका, जमरा र प्रसाद ग्रहण गर्ने यो क्रम भक्तपुरमा विजया दशमीको दिन चल्ने गर्छ।

यसैगरी, विजया दशमीको अवसरमा तलेजु भवानीलाई देवगृह भित्र्याइएको छ।

बडादसैँको मुख्य दिन विजया दशमीमा देशभर मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ। भक्तपुरमा भने यस दिन तलेजुमा जीवित देवी कुमारीको हातबाट टीका, जमरा र प्रसाद ग्रहण गर्न स्थानीयको सहभागिता रहेको हो। यस वर्ष पनि भक्तपुरमा एकान्त कुमारीकै हातबाट टीका ग्रहण गर्ने क्रम विजया दशमीको दिन चलेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ४ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 4 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार