भोटेकोशी बाढी प्रभावितको दसैँ होल्डिङ सेन्टरमै, ३०० भन्दा बढी परिवार शोकमा

देशभर बडादसैँ हर्षोल्लासका साथ मनाइरहँदा रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि भने यस वर्षको दसैँ पीडा, अभाव र अनिश्चितताबीच बितिरहेको छ।
गत भदौ १० गते आएको बाढीका कारण रसुवामा ३०० भन्दा बढी परिवार शोकमा छन्। बाढीले थातथलो बगाएपछि आफन्त गुमाएका विस्थापितको बस्ती दसैँमा पनि सुनसान देखिएको छ।
बाढी प्रभावित परिवारले होल्डिङ सेन्टर र त्रिपालभित्रै दसैँको टीका लगाएका छन्। अस्थायी आवास केन्द्रमा चाडपर्व लक्षित गतिविधिअन्तर्गत बालबालिकाका लागि पिङलगायतका व्यवस्था गरिएको छ।
विभिन्न संघसंस्था र व्यक्तिहरूको सहयोगमा प्रभावितलाई आवश्यक सामग्री उपलब्ध गराउने काम भइरहेको छ। तर आफन्त गुमाएका परिवारका लागि यो वर्षको दसैँ खुसीभन्दा शोकको चाड बनेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


