म्याग्दीमा बाढीपहिरोबाट सात जनाको मृत्यु, १११ घर पूर्ण रूपमा क्षतिग्रस्त

अविरल वर्षापछि आएको बाढीपहिरोले म्याग्दीमा पुर्याएको क्षतिको प्रारम्भिक विवरण मङ्गलबार सार्वजनिक गरिएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीपहिरोमा परी जिल्लामा सात जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता छन्।
प्रारम्भिक विवरणअनुसार बाढीपहिरोले जिल्लामा १११ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। यस्तै, अर्बौँ रुपैयाँबराबरको पूर्वाधार नष्ट भएको छ।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको यो विवरण प्रारम्भिक हो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


