हसिनाले राहदानी र परिचयपत्र मागिन्, फर्कन भारतबाट प्रत्यर्पण माग्नुपर्ने बंगलादेशको भनाइ

बंगलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनाले देश फर्कने तयारीका लागि नयाँ राहदानी र राष्ट्रिय परिचयपत्र मागेकी छन्। बेलायतमा रहेका उनका वकिलहरूले सोमबार नयाँदिल्लीस्थित बंगलादेशको उच्च आयोगमा पत्र पठाएर यो माग गरेका हुन्।
बंगलादेश सरकारले यो माग अस्वीकार गरेको छ। हसिना घर फर्कन चाहेमा उनले भारतबाट प्रत्यर्पण माग्नुपर्ने बंगलादेशले सोमबार बताएको छ।
हसिना जनविद्रोहपछि प्रधानमन्त्री पदबाट हटेकी थिइन्। उनलाई मृत्युदण्डको सजाय सुनाइएको छ। त्यसो भए पनि उनले आउँदो डिसेम्बरमा बंगलादेश फर्कने बताउँदै आएकी छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

