२४ कात्तिक २०८३ English
English

नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै

· १ मिनेट पढाइ
नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै
तस्बिर: अनलाइनखबर

आजदेखि नेपाल संवत् ११४७ सुरु भएको छ। देशभर विभिन्न कार्यक्रम आयोजना गरी नेपाल संवत् मनाइँदैछ। आज २०८३ साल कात्तिक २४ गते मंगलबार, कार्तिक शुक्ल प्रतिपदा हो।

यस अवसरमा नेवार समुदायले नेपाल संवत्‌लाई नयाँ वर्षका रूपमा मनाउनुका साथै म्हः (आत्म) पूजा पनि गर्दैछ। म्हः पूजा भनेको आफ्नै शरीर र आत्माको पूजा हो।

नेपाल संवत् ११४७ को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना दिएका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले प्रवर्तन गरेको नेपाल संवत् नेपालको मौलिक संवत् भएको उनले बताएका छन्। यसले सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा दिने राष्ट्रपतिले विश्वास व्यक्त गरेका छन्।

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पनि शुभकामना दिएका छन्। उनले नेपाल संवत्‌लाई नेपाली सभ्यताको मौलिकता, उदारता, सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक भनेका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २४ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 24 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार