२१ असोज २०८३ English
English

कांग्रेस महाधिवेशनको चौथो दिन: बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कांग्रेस महाधिवेशनको चौथो दिन: बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने
तस्बिर: अनलाइनखबर

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार चौथो दिन बन्द सत्र हुँदै छ। असोज १८ गतेदेखि सुरु भएको महाधिवेशनअन्तर्गत बन्द सत्रमा प्रस्तुत भएका प्रतिवेदनहरू आज पारित गरिँदै छ।

आजको बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले सभापति गगनकुमार थापाले प्रस्तुत गरेको प्रतिवेदनलगायत विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम छ। बन्द सत्रबाट चार प्रतिवेदन पारित हुने जनाइएको छ। सभापति थापाले सत्रलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ।

बिहान साढे १० बजेका लागि बोलाइएको बन्द सत्र भने तोकिएको समयमा सुरु हुन सकेन। खाना खाएपछि मात्रै सत्र सुरु गर्ने तयारी भएकाले यो १२ बजेपछि मात्रै सुरु हुने सम्भावना रहेको जनाइएको थियो।

बन्द सत्रको प्रत्यक्ष प्रसारण गरिने र सबैले सत्रमा प्रवेश पाउने व्यवस्था गरिएको जनाइएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २१ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 21 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार