त्रिविमा यस वर्ष ९५ हजार ५४० विद्यार्थी दीक्षित हुने, एक महिनाभित्र नतिजा ल्याउन शिक्षामन्त्रीको निर्देशन

त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट यस वर्ष ९५ हजार ५४० विद्यार्थी दीक्षित हुने भएका छन्। बिहीबार सुरु भएको त्रिवि सभाको साधारण बैठक तथा ६७औँ वार्षिक दिवस बैठकमा रजिस्ट्रारले ६४औँ ग्रेस लिस्टको संक्षिप्त विवरण प्रस्तुत गरेका हुन्।
ग्रेस लिस्टअनुसार दीक्षित हुने विद्यार्थीमध्ये प्राविधिकतर्फका विद्यार्थी १५.१० प्रतिशत मात्र छन्। दीक्षान्त समारोह आगामी पुसमा गरिने र सातै प्रदेशमा दीक्षान्त गर्ने तयारी भइरहेको जनाइएको छ।
बैठकको अध्यक्षता शिक्षा तथा खेलकुदमन्त्री एवं त्रिविका सहकुलपति सस्मित पोखरेलले गरेका थिए। बैठकमा मन्त्री पोखरेलले विद्यार्थीको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिए।
प्रत्येक संकायको नतिजा एक महिनाभित्र सार्वजनिक गर्नुपर्ने प्रधानमन्त्रीको निर्देशनलाई कडाइका साथ पालना गर्नुपर्ने मन्त्री पोखरेलको भनाइ थियो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

