१० असोज २०८३ English
English

बाढी–पहिरोमा परी तीन दिनमा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बाढी–पहिरोमा परी तीन दिनमा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार
तस्बिर: अनलाइनखबर

अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरोलगायतका विपद्‌मा परी तीन दिनयता ६ जनाको मृत्यु भएको छ। गत असोज ८ गते बिहीबारदेखि परेको वर्षाका कारण भएका विपद्‌का घटनामा यो क्षति भएको हो।

यसै अवधिमा विभिन्न स्थानबाट ४०७ जनाको उद्धार गरिएको छ। लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी र पहिरो जाँदा कैयौँ परिवार विस्थापित भएका छन् भने सम्पत्तिमा पनि ठूलो क्षति पुगेको छ।

यसैबीच पाल्पाको रिब्दीकोट गाउँपालिका–६ धुस्तुङमा पहिरोमा परी बेपत्ता भएकी ५९ वर्षीया कृष्णकुमारी सारुको शव फेला परेको छ। शुक्रबार गएको पहिरोले स्थानीय घरहरूमा क्षति पुर्‍याएको थियो। घर पुरिँदा उनी बेपत्ता भएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाले उनको शव फेला परेको जानकारी दिएको छ। वर्षा जारी रहेकाले विभिन्न जिल्लामा बाढी र पहिरोको जोखिम कायमै छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १० असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 10 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार