बूढानीलकण्ठमा २१ किलो ७५० ग्राम सुनसहित ३ चिनियाँ नागरिक पक्राउ, सुन हवाईमार्गबाट भित्रिएको खुलासा

प्रहरीले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२ माथिल्लो भंगालबाट बिहीबार २१ किलो ७५० ग्राम ६८० मिलिग्राम सुनसहित ३ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी पक्राउ परेकालाई सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार सुन एकैपटक नभई थोरैथोरै परिमाणमा हवाईमार्ग हुँदै नेपाल भित्रिएको खुलेको छ। काठमाडौं ओर्लिएपछि चिनियाँ नागरिकहरू तीन–चार पटक विमानस्थल आउजाउ गरेको प्रहरीले पत्ता लगाएको छ।
प्रहरीलाई ४ किलो सुन रहेको सूचना प्राप्त भएको थियो, तर छापा मार्दा २१ किलोभन्दा बढी सुन फेला परेको हो। सुन प्रशोधनका लागि प्रयोग गरिएको घर गत साउनमै भाडामा लिइएको र त्यसको चाबी चीनमै बुझाइएको पनि खुलेको छ।
अर्थ सरोकारका अनुसार बरामद सुनको मूल्य करिब ५४ करोड रुपैयाँ हुन्छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


