२१ असोज २०८३ English
English

कांग्रेस सभापतिमा गगनकुमार थापाको उम्मेदवारी दर्ता

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कांग्रेस सभापतिमा गगनकुमार थापाको उम्मेदवारी दर्ता
तस्बिर: क्लिकमाण्डू

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

थापाले मंगलबार साँझ ६ बजेर ५ मिनेटमा काठमाडौँको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। महाधिवेशन भृकुटीमण्डपमा जारी छ।

विशेष महाधिवेशनबाट सभापति बनेका थापाले यस पटक पूर्ण कार्यकालका लागि पुनः सभापति पदमा उम्मेदवारी दिएका हुन्।

यसैबीच, कांग्रेसले केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन पत्र दर्ताको समय थप गर्दै मंगलबार साँझ ७ बजेसम्म कायम गरेको थियो। मंगलबार विभिन्न नेताहरूले उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य पदका लागि पनि उम्मेदवारी दर्ता गराएका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २१ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 21 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार