२२ कात्तिक २०८३ English
English

सम्झौता भएको १६ महिना बित्दा पनि अछामको गण्डीगाड पुल निर्माण अघि बढेन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सम्झौता भएको १६ महिना बित्दा पनि अछामको गण्डीगाड पुल निर्माण अघि बढेन
तस्बिर: नेपाल प्रेस

अछाम र डोटी जिल्लाको सिमानामा रहेको गण्डीगाड मोटरेबल पुलको निर्माण सम्झौता भएको १६ महिना बित्दा पनि अघि बढेको छैन। यो पुल अछामको चौरपाटी गाउँपालिका–२ सोकटमा बन्नुपर्ने हो।

ठेक्का सम्झौता भए पनि निर्माणको प्रक्रिया अगाडि बढ्न नसक्दा स्थानीयवासीले सास्ती भोग्नुपरेको छ। पुल नबन्दा गाउँका बिरामीलाई उपचारका लागि लैजान समस्या भएको स्थानीय ध्रुव साउँदले बताए।

अछामका विद्यार्थीहरू पढ्नका लागि डोटीको दिपायल र सिलगढी जान्छन्। उनीहरू जोखिम मोलेर यही नाकाबाट आउजाउ गर्दै आएका छन्।

दुई जिल्ला जोड्ने यो पुल समयमै नबन्दा उपचार, पढाइ र दैनिक आवतजावतमा असर परेको स्थानीयको भनाइ छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २२ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 22 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार