डोल्पा कारागारबाट फरार थप दुई कैदी जंगलबाट पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो

डोल्पाको कारागार कार्यालय दुनैबाट फरार भएका थप दुई जना कैदी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार उनीहरूलाई त्रिपुरासुन्दरी नगरपालिका–४ रंग गाउँभन्दा माथिको जंगलबाट पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा जाजरकोटको बारेकोट गाउँपालिका–१ घर भएका २५ वर्षीय यज्ञ विक र डोल्पाका एक जना छन्। प्रहरीका अनुसार पक्राउ परेका दुवै जना जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका कैदी हुन्।
कारागारबाट फरार भएपछि उनीहरू विभिन्न स्थानमा लुक्दै आएको प्रहरीले जनाएको छ। सुरुङ खनेर कारागारबाट भागेकामध्ये अहिलेसम्म ६ जना पक्राउ परेका छन्।
फरार भएकामध्ये दुई जना अझै पक्राउ पर्न बाँकी छन्। प्रहरीले बाँकी फरार कैदीको खोजी जारी राखेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


