रियादको वित्तीय क्षेत्रमा आक्रमण, अरामको टावरमा क्षति

साउदी अरबको राजधानी रियादको वित्तीय क्षेत्रमा आक्रमण भएको छ। आक्रमणमा साउदी तेल कम्पनी अरामकोको टावरमा क्षति पुगेको छ।
यमनका हुथी विद्रोहीले रियादलाई निशाना बनाएर प्रहार गरेको क्षेप्यास्त्र साउदी नेतृत्वको गठबन्धनले बीचमै निष्क्रिय पारेको घोषणा गरेको थियो। सोही घोषणाको केही समयपछि वित्तीय क्षेत्रमा आक्रमण भएको हो।
साउदी नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोहीले प्रहार गरेका क्षेप्यास्त्र रोक्ने गरेको जनाउँदै आएको छ। अहिलेसम्म आएका समाचारमा मानवीय क्षतिबारे विवरण उल्लेख गरिएको छैन।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


