२२ कात्तिक २०८३ English
English

बसुन्धारामा कारले स्कुटरलाई ठक्कर दिँदा २७ वर्षीया महिलाको मृत्यु

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बसुन्धारामा कारले स्कुटरलाई ठक्कर दिँदा २७ वर्षीया महिलाको मृत्यु
तस्बिर: नागरिक

काठमाडौंको बसुन्धारामा कारको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ। मृत्यु हुने महिला २७ वर्षकी थिइन्।

प्रहरीका अनुसार आइतबार दिउँसो २ बजेर २० मिनेटमा काठमाडौं महानगरपालिका–३ स्थित सडकमा दुर्घटना भएको हो। नारायणगोपाल चोकबाट सामाखुशीतर्फ जाँदै गरेको कारले चक्रपथतर्फ आउँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो।

दुर्घटनामा स्कुटरमा पछाडि बसेकी दोलखा घर भएकी महिलाको मृत्यु भएको हो। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २२ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 22 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार