मल अभाव र अडियो प्रकरणबारे कृषि समितिमा सांसदहरूले मागे मन्त्रालयको जवाफ

संघीय संसद्अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बिहीबार बसेको बैठकमा सांसदहरूले रासायनिक मलको अभाव, वितरण प्रणालीको बेथिति र मन्त्रालयसँग जोडिएको विवादास्पद अडियो प्रकरणबारे कृषिमन्त्री तथा सचिवको ध्यानाकर्षण गराएका छन्।
मन्त्रालयको पछिल्लो ६ महिनाको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै सांसदहरूले किसानले मल नपाउने तर मन्त्रालयको तथ्यांकमा भने मल पर्याप्त देखिने विरोधाभासपूर्ण अवस्थाबारे जवाफ मागेका थिए। उनीहरूले मल वितरणको पारदर्शी प्रणाली र अडियो प्रकरणको स्पष्टीकरणसमेत माग गरेका थिए।
बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले सरकारले गत आर्थिक वर्षमा हालसम्मकै उच्च परिमाणमा रासायनिक मल आपूर्ति गर्न सफल भएको बताए।
सचिव मिश्रका अनुसार आगामी सिजनका लागि ४२ अर्ब रुपैयाँ बराबरको मल खरिद गर्ने तयारी भइरहेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

