परराष्ट्रमन्त्री खनाल र संयुक्त राष्ट्रसङ्घ महासभाका अध्यक्ष डा. रहमानबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अध्यक्ष डा. खलिलुर रहमानसँग भेटवार्ता गरेका छन्।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको भेटवार्तामा परराष्ट्रमन्त्री खनालले डा. रहमानलाई ८१औँ महासभाको अध्यक्ष पदमा निर्वाचित भएकोमा बधाई दिए। उनले डा. रहमानको कार्यकाल सफल होस् भन्दै शुभकामना पनि व्यक्त गरे।
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन न्युयोर्कमा छन्। महासभाको क्रममा उनले विभिन्न देशका समकक्षीहरूसँग पनि भेटवार्ता गरिरहेका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


