१९ असोज २०८३ English
English

बाढीपहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित, सात जनाको मृत्यु

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बाढीपहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित, सात जनाको मृत्यु
तस्बिर: रातोपाटी

म्याग्दीमा असोज ८ देखि ११ गतेसम्म लगातार परेको झरीपछि आएको बाढीपहिरोले करिब ५५० घरपरिवार प्रभावित भएका छन्। बाढीपहिरोमा परेर सात जनाको मृत्यु भएको छ।

बाढीपहिरोका कारण १११ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ९३ घरमा आंशिक क्षति पुगेको छ। यसैगरी ३४२ घर जोखिममा परेका छन्।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा भूगर्भविद्को टोलीले म्याग्दीका २६ वटा पहिरोको स्थलगत अध्ययन गरेको छ। अध्ययन टोलीले बेनी बजारको न्युरोडमा पछिल्लोपटक खसेको पहिरो सक्रिय हुनसक्ने र त्यसमाथिको थप जमिन चर्किएको बताएको छ।

टोलीले न्युरोड क्षेत्रमा सावधानी अपनाउन तथा अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन सुझाव दिएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १९ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 19 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार