संघीय संसद्का दुवै सदनको बैठक आज, प्रधानमन्त्री शाहले आयोगको प्रतिवेदन पेस गर्ने

संघीय संसद्का दुवै सदनको बैठक आज बिहीबार बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक अपराह्न १:१५ बजे सिंहदरबारमा बस्नेछ।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विधेयक प्रस्तुत गर्ने कार्यसूची छ। प्रधानमन्त्री शाहले आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची पनि रहेको छ।
बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक’ सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गर्नेछन्।
यस्तै, राष्ट्रियसभाको बैठकमा मन्त्री बादीले सदस्यहरूले सोधेका मौखिक प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

