चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू, देशभर २८ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन

सशस्त्र प्रहरी बल, नेपालले दसैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ।
असोज २२ गतेदेखि लागू भएको 'चाडपर्व लक्षित विशेष सुरक्षा योजना' अन्तर्गत देशभर २८ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिएको बलले जनाएको छ। सुरक्षाकर्मीलाई प्रविधिसहित परिचालन गरिएको हो।
यसैबीच, चाडपर्वका बेला हुनसक्ने ठगी, चोरी-डकैती र सम्भावित घटना लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङले मोटरसाइकल गस्ती सुरु गरेको छ। गस्तीमा पल्सर, बुलेट, एफ-जेट, डियोलगायत ब्रान्डका मोटरसाइकल प्रयोग गरिएको छ।
बडादसैँ नजिकिँदै गर्दा काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको चहलपहल पनि बढ्न थालेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


