‘म्युजिकल चियर’ जस्तो राजनीतिले भदौ २३ र २४ को अवस्था आयो : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा एउटै अनुहार दोहोरिरहने प्रवृत्तिले नेपालको राजनीति ‘म्युजिकल चियर’ जस्तो बनेको बताएका छन्। आइतबार काठमाडौँको खुलामञ्चमा सुरु भएको पार्टीको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो प्रवृत्तिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गएको र त्यसैका कारण भदौ २३ र २४ को अवस्था आएको बताए।
थापाले २०७० सालपछि आफूहरूले ठीक ढंगले काम गर्न नसकेकै कारण अहिलेको अवस्थामा आइपुगेको स्वीकार गरे। उनले कांग्रेसको आत्मा बीपी कोइराला र गणेशमान सिंहकै विचारमा रहेको बताउँदै अब पार्टीको कार्यशैली र संस्कार बदल्नुपर्ने बताए।
पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी नआएको थापाले बताए। ‘कति पटक जाने हो, लिन कसरी जाने हो?’ उनले भने।
प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिका कारण संसद् खुला नरहेको टिप्पणी गर्दै थापाले संसद्, सिंहदरबार, डिजिटल स्पेस र राजनीतिक दलभित्र पनि ‘खुलामञ्च’ आवश्यक रहेको बताए। उनले पहाड र मधेसबीच टिप्पणी होइन, संवाद हुनुपर्नेमा पनि जोड दिए।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


