१६ असोज २०८३ English
English

हिल्सामा भारी हिमपात, कैलाश मानसरोवर यात्रामा गएका ४१ नेपाली अलपत्र

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
हिल्सामा भारी हिमपात, कैलाश मानसरोवर यात्रामा गएका ४१ नेपाली अलपत्र
तस्बिर: रातोपाटी

हुम्लाको उत्तरी सीमानाका हिल्सामा लगातारको वर्षा र भारी हिमपातका कारण ४१ नेपाली अलपत्र परेका छन्। हिमपातले कैलाश मानसरोवर यात्रामा असर परेको छ।

हिमपातले हिल्सा–ताक्लाकोट आवतजावत प्रभावित भएपछि उनीहरू हिल्सामै रोकिएका हुन्।

उनीहरू गत शुक्रबार हिल्सा पुगेका थिए। हिमपात सुरु भएपछि उनीहरू नाकामै रोकिएको बताइएको छ।

हिल्सा हुम्लाको उत्तरी सीमामा पर्ने नाका हो। कैलाश मानसरोवर जाने यात्रुहरू हिल्सा हुँदै ताक्लाकोट जाने गर्छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १६ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 16 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार