पछिल्लो २४ घण्टामा देशभर २७२ विपद्का घटना, २१ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २७२ वटा विपद्का घटना भएका छन्। यी घटनामा २१ जनाको मृत्यु भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले यस विषयमा जानकारी दिएकी हुन्।
प्राधिकरणका अनुसार विपद्का कारण देशभरका ४८ सडकखण्ड अवरुद्ध भएका छन्। घटनामा १२१ चौपायाको पनि क्षति भएको छ।
विपद्का यी घटनाबाट अनुमानित एक करोड ९१ लाख ६६ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


