२० असोज २०८३ English
English

कांग्रेस महाधिवेशन : नयाँ कार्यसमितिका लागि आज मनोनयन दर्ता, बन्दसत्र जारी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कांग्रेस महाधिवेशन : नयाँ कार्यसमितिका लागि आज मनोनयन दर्ता, बन्दसत्र जारी
तस्बिर: अनलाइनखबर

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज पनि बन्दसत्र चल्नेछ। सोमबारबाट सुरु भएको बन्दसत्रमा प्रतिवेदनहरू पेस भएका छन्, जसमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन पनि रहेको छ।

बन्दसत्र जारी रहँदा पार्टीको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया पनि सुरु हुँदैछ। केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको कार्यक्रम तोकिएको छ।

कांग्रेसको विधान, निर्वाचन निर्देशिका २०८३ तथा महाधिवेशनको बन्दसत्रबाट तय भएअनुसार केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि निर्वाचन हुनेछ।

आइतबारदेखि काठमाडौँमा सुरु भएको महाधिवेशनमा विभिन्न नेताहरूले केन्द्रीय पद तथा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरिरहेका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २० असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 20 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार