२५ असोज २०८३ English
English

कपनमा विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट, दुई जना पक्राउ

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कपनमा विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट, दुई जना पक्राउ
तस्बिर: रातोपाटी

काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट र शिक्षिकामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरीको वराहक्षेत्र नगरपालिका–७ घर भई काठमाडौँको कपन बस्ने ३६ वर्षीय निशान दाहाल र सिन्धुलीको दुधौली नगरपालिका–१ घर भई कपनमै बस्ने ४४ वर्षीय ध्रुवप्रसाद घिमिरे छन्।

उनीहरूमाथि विद्यालयभित्रै प्रधानाध्यापकलाई मुक्का र लात्ती प्रहार गरेको तथा शिक्षिकामाथि अभद्र व्यवहार गरेको आरोप छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २५ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 25 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार