दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट झन्डै पाँच लाख यात्रु बाहिरिए

बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख नजिक पुगेको छ। घटस्थापनादेखि असोज ३१ गते शनिबारसम्म सार्वजनिक यातायातमार्फत चार लाख ९६ हजार ३२३ यात्रु उपत्यकाबाट बाहिरिएका हुन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार असोज २५ गतेदेखि यात्रु बाहिरिने क्रम जारी छ।
महाअष्टमीका दिन आइतबार पनि उपत्यकाबाट घर फर्कने यात्रुको चाप देखिएको छ। नयाँ बसपार्क, माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर र गौशालालगायतका क्षेत्रमा यात्रुको भीड देखिएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


