२ कात्तिक २०८३ English
English

टाइगर श्रफमाथि गोली प्रहार: तीन अभियुक्त राजस्थानको कोटाबाट पक्राउ, नेपाल भाग्ने योजना रहेको दाबी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
टाइगर श्रफमाथि गोली प्रहार: तीन अभियुक्त राजस्थानको कोटाबाट पक्राउ, नेपाल भाग्ने योजना रहेको दाबी
तस्बिर: क्लिकमाण्डू

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली चलाएको आरोपमा तीन जनालाई भारतीय प्रहरीले राजस्थानको कोटाबाट पक्राउ गरेको छ। उनीहरूलाई सोमबार भाग्ने क्रममा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

भारतीय प्रहरीका अनुसार पक्राउ परेकाहरू दिल्ली हुँदै नेपाल भाग्ने योजनामा थिए। बीबीसी हिन्दी र द इन्डियन एक्सप्रेसले यसबारे समाचार प्रकाशित गरेका छन्। उनीहरूलाई रेलमार्फत यात्राका क्रममा पक्राउ गरिएको बताइएको छ।

मुम्बईको जुहू क्षेत्रमा आइतबार साँझ करिब ७ बजे अभिनेता श्रफमाथि आक्रमण भएको थियो। आक्रमणमा संलग्न तीन जनामध्ये एक जना नाबालिग रहेको बताइएको छ। ती नाबालिग दुई महिनादेखि घरबाट बेपत्ता थिए।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 2 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार