बडादसैँको सातौँ दिन आज घरघरमा फूलपाती भित्र्याइँदै

बडादसैँको सातौँ दिन आज शनिबार घरघरमा शास्त्रीय विधिअनुसार फूलपाती भित्र्याइँदै छ। आज असोज ३१ गते आश्विन शुक्ल सप्तमी तिथि हो।
नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमीका दिन कालरात्रि देवीको पूजा गर्ने वैदिक परम्परा छ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा गर्दै आएका घरहरूमा आज शुभसाइतको प्रतीकका रूपमा फूलपाती भित्र्याइन्छ। फूलपाती नेपाली हिन्दू संस्कृतिको महत्त्वपूर्ण परम्परा हो र यसलाई देवी दुर्गाको शक्ति, समृद्धि र मङ्गलको प्रतीक मानिन्छ।
फूलपातीका अवसरमा आज सैनिक मञ्चमा बढाइँ समारोह पनि हुनेछ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


