२ कात्तिक २०८३ English
English

चाडपर्वमा चितवन राष्ट्रिय निकुञ्जको सुरक्षा योजना: १२०० भन्दा बढी जनशक्ति, तालिम प्राप्त कुकुरले निगरानी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्

चितवन राष्ट्रिय निकुञ्जले चाडपर्वका लागि छुट्टै सुरक्षा रणनीति तयार गरेको छ।

रणनीतिअनुसार निकुञ्ज प्रशासन र निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेनासहित १ हजार २ सयभन्दा बढी जनशक्ति परिचालन गरिनेछ।

सुरक्षा योजनाअन्तर्गत तालिम प्राप्त कुकुर प्रयोग गरेर निगरानी गरिनेछ। यसका साथै स्पाइ क्यामरा पनि जडान गरिने निकुञ्जले जनाएको छ।

दसैँलगायत चाडपर्वलाई ध्यानमा राखेर निकुञ्जले यो योजना बनाएको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 2 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार