६ कात्तिक २०८३ English
English

कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु र १०१ घाइते

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु र १०१ घाइते
तस्बिर: सेतोपाटी

कास्की जिल्लामा गत असोज महिनामा ५९ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने १०१ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीको तथ्याङ्कअनुसार असोज महिनामा भएका दुर्घटना र त्यसबाट भएको मानवीय क्षति अन्य महिनाको तुलनामा बढी हो।

एक महिनाको अवधिमा औसतमा करिब दैनिक दुईवटा सवारी दुर्घटना भएको यो तथ्याङ्कले जिल्लामा सडक सुरक्षाको अवस्थालाई देखाउँछ। दुर्घटनामा परेर घाइते हुनेहरूको सङ्ख्या एक सयभन्दा बढी पुगेको छ।

असोज महिना दसैँ चाडपर्वको समय पनि भएकाले यस अवधिमा सडकमा सवारी तथा यात्रुको आवागमन बढ्ने गर्छ। प्रहरीले असोजमा भएका दुर्घटना, मृत्यु र घाइतेको सङ्ख्या अन्य महिनाभन्दा बढी रहेको जनाएको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ६ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 6 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार