विपद्ले क्षतिग्रस्त बागलुङका सडक र आवास छिट्टै पुनर्निर्माण हुने: मन्त्री लम्साल

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विपद्का कारण क्षतिग्रस्त बागलुङका सडक र निजी आवास सरकारले छिट्टै पुनर्निर्माण गर्ने बताएका छन्।
मन्त्री लम्साल शुक्रबार पश्चिम बागलुङको बाढीपहिरो प्रभावित क्षेत्रमा पुगेका थिए। त्यहाँ उनले क्षतिग्रस्त सडक र आवासको पुनर्निर्माण सरकारले छिट्टै गर्ने प्रतिबद्धता जनाएका हुन्।
सरकारले पुनर्निर्माण र राहतका लागि बागलुङको गलकोट नगरपालिका, बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, ताराखोला गाउँपालिका र तमानखोला गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
अविरल वर्षापछि आएको बाढीपहिरोले यी स्थानीय तहमा सडक र निजी घरमा क्षति पुर्याएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


