फुर्केखोलाको पुल बगेपछि विकल्प बनेको मलेखुको झोलुङ्गे पुलमा मोटरसाइकलको भीड

धादिङ। त्रिशूली नदीको बाढीले फुर्केखोलाको पुल बगाएपछि विकल्पका रूपमा प्रयोग भइरहेको मलेखुस्थित झोलुङ्गे पुलमा मोटरसाइकलको चाप बढेको छ।
दसैँ मनाएर फर्किने यात्रुको चाप बढेसँगै झोलुङ्गे पुलमा भीड बढेको हो। चाप बढेपछि यात्रुले पुल पार गर्न लामो समय पालो कुर्नुपरेको छ।
मोटरसाइकलको भीडका कारण पुलमा पैदलयात्रुलाई समेत आउजाउ गर्न कठिन भएको छ।
फुर्केखोलाको पुल बगेपछि यस क्षेत्रमा आवतजावत गर्नेहरू मलेखुको झोलुङ्गे पुलमा निर्भर भएका छन्। दसैँपछि काठमाडौँ फर्किने क्रम जारी रहँदा यहाँ यात्रुको चाप कायमै छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


